जाजरकोटमा भूकम्प पीडितले त्रिपालभित्रै जन्माइन् बच्चा

काठमाडौं। भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा भूकम्प पीडित एक महिलाले त्रिपालभित्रै बच्चालाई जन्म दिएकी छन्। भूकम्पले घर भत्किएपछि त्रिपालमै रहेकी गर्भवती महिलाले स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएकी हुन्।

जिल्लाको कुशे गाँउपालिका ७ धनराशीकी निरुता टमटाले बच्चा जन्माएकी स्थानीय नवराज पुनले बताए। घाइतेको उपचारका लागि त्यहाँ पुगेका हाम्रो टिम नेपालका स्वास्थ्यकर्मीको सहयोगमा टमटाले बच्चा जन्माएकी उनले बताए।

अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको छ।पोषिलो खानेकुरा र न्यानो कपडाको अभावमा त्रिपालमा बसिरहेका भूकम्प पीडित गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन्।