म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया विजयी

काठमाडौं। फिनिसर ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानलाई तीन विकेटले हराएको छ। यो जितसँगै अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा पुगेको छ।

२९३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ विकेट गुमाउँदा ९३ रन मात्रै बनाएको थियो। चोटग्रस्त अवस्थामा पनि म्याक्सवेलले २१ चौका र १० छक्का प्रहार गर्दै ४६.५ ओभरमै अफगानिस्तानको लक्ष्य पूरा गर्दै देशलाई सेमिफाइनल पु¥याए।

उनले १२८ बलमा दोहोरो शतक पूरा गरे। कप्तान पाट कमिन्स ६८ बल १२ रन बनाएर अविजित रहे। त्यसअघि डेविड वार्नरले १८, मिचेल मार्सले २४ र मार्नस लबुसचेनले १४ रनमात्रै बनाएका थिए। निराश बनिकसकेको टिमलाई म्याक्सवेलले सेमिफाइनल पु¥याएका हुन्। त्यसमा कप्तान पाट कमिन्सले पनि साथ दिए।

बलिङमा अफगानिस्तानका नवीन उल हक, अजमतुल्लाह ओमारजइ र रसिद खानले दुई÷दुई विकेट लिए।वाङखेडे स्टेडियम मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा २९१ रन बनाएको थियो। अफगानिस्तानका लागि इब्राहिम जद्रानले १२९ रन बनाए। उनले १४३ बलमा ८ चौका र ३ चौका प्रहार गरेका थिए।

रमनुल्ला गुर्बाजले २१ रन, रहमत साहले ३० रन, हस्मतुल्लाह शाहीदीले २६ रन, अजमतुल्लाह ओमारजईले २२ रन, मोहम्मद नाभीले १३ र रसिद खानले ३५ रन बनाएका थिए। बलिङमा अष्ट्रेलियाका जोश हेजलवुडले २ विकेट, मिचेल स्टार्क ग्लेन म्याक्सवेल र एडम जम्पाले एकएक विकेट लिए।

भारत र दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनल पुगिसकेको छ। अव न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान मध्य एक टोली सेमिफाइनल पुग्नेछन्। यी तीन टोलीको समान ८ अंक छ। नेटरनरेटका कारण न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौं र अफगानिस्तान छैटौं स्थानमा छ। न्युजिल्याण्डले श्रीलंकासँग, इंग्ल्याण्डले पाकिस्तानसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग लिग चरणको अन्तिम खेल खेल्नेछ।