काठमाडौं।झापामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। झापा प्रहरीकानुसार हिजो दिउँसो मोटरबाट पानि तान्ने क्रममा भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको करेन्ट लाग्दा मृत्यु भएको हो। उनि दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पूलमा काम गर्ने मजदूर हुन्।
त्यस्तै सोही दिन कनकाइ नगरपालिका–३ मा घरमा टिनको छाना लगाउने क्रममा कनकाइ–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठले बोकेको रडले बिजुलीको तारमा छोएपछि करेन्ट लाग्दा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका सार्कीको उर्लाबारीस्थित अरनिको अस्पतालमा र श्रेष्ठको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।