काठमाडौं। चिकित्सक कुटिएपछी पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द भएको छ। हिजोदेखि अस्पतालको आकस्मिक सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामी मर्कामा परेका छन्। ओपिडीलगायत सेवाका लागि गएका बिरामीहरु त्यसै फर्किरहेका छन्।
यसैबीच, जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, डाक्टर र सरोकारवालाहरूलाई स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ। परिसरका प्रवक्ता एवम् एसपी नवराज कार्कीले विज्ञप्ति निकालेर स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गर्नुभएको हो।
अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरी आन्दोलन थालेपछि प्रहरीले सेवा सञ्चालनको अनुरोध गरेको हो।
गएको शनिवार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको ज्यान गएको घटनालाई लिएर उनीहरुका आफन्तले डाक्टरलाई दुर्व्यवहार गरेको भन्दै डाक्टर एवम् स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन्।