राहत सामाग्री लिएर चिनियाँ जहाज पोखरा आउँदै

काठमाडौं। चीन सरकारले जाजरकोट भूकम्पपीडितको राहत सामाग्री आज पठाउने पठाउने भएको छ। सहयोग सामग्री लिएर दुईवटा चिनियाँ सेनाको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे जहाज ल्यान्ड हुनेछन्।

यहाँबाट नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने छ।‘ह्युमनेटिरियन फ्लाइट भनेको छ। साढे ९ बजे आउने कुरा भएको थियो,’ विमानस्थल प्रवक्ता जसोदा रेग्मीले भनिन्,‘केही समय अगाडी हुने कुरा पनि छ।’

उनले दुई वटा जहाज आउने पुष्टि गरिन्। जहाजमा सामान ल्याउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा आउँदै छन्। चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्रीलाई हस्तान्तरण गर्ने बुझिएको छ।

चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ। चीनको छेन्दुबाट जहाज उड्नेछ । यसअघि सिचुवान एयरलाइन्सको जहाज असारमा पोखरा आएको थियो।