भुकम्प पीडितलाई एनआरएनए अमेरिकाका संरक्षक केसीको सहयोग

काठमाडौं। जाजरकोट भुकम्प पीडितहरुलाई गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका संरक्षक तिलक केसीले सहयोग गर्नु भएको छ। गत शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली एवं विनाशकारी भुकम्पबाट प्रभावित बनेका जाजरकोट र रुकुम पश्चीमका पीडितहरुलाई चिसोबाट बचाउनका लागी केसीले एकसय थान फाइबर सिरक सहयोग गर्नुभएको हो।

केसी एनआरएनए अमेरीकाका संरक्षक तथा जनप्रतिशिल मन्च अमेरीकाका निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ। केसीले पिडामा छटपटाइ रहेका भूकम्प पीडित जनतालाई मानविय धर्मअनुसार सय थान फाइवर सिरक उपलब्ध गराएको बताउनु भएको छ।

उक्त सहयोग केसीका तर्फबाट नेकपा माओवादीका केन्द्रका नेता अनिल शर्माले संबन्धीत व्यक्ति लोकेन्द्र ऐरिमार्फत हस्तान्तरण गरिएको छ। सहयोग हस्तान्तरण पछि नेता शर्माले सामाजिक सञ्जालमार्फत सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।