गुल्मीमा बालिकाको बलात्कारपछि हत्या,१ जना शिक्षक पक्राउ

काठमाडौं।गुल्मिमा १ बालिकाको बलत्कारपछि विभत्स हत्या भएको छ। गुल्मीको शान्तिपुरमा १५ वर्षीया बालिका मनिषा रुचालको बलात्कारपछि विभत्स हत्या भएको प्रहरीले पुष्टी गरेको छ।

गत बिहिवार दिउँसो आफ्नै खेतमा काम गरिरहेका बेला बजारमा सुर्ती किन्न गएकी रुचाल नफर्किएपछि खोजी कार्य सुरु गरिएकोमा भोलीपल्ट शान्तिपुरकै पुरानो बजारनजिक हुग्दीखोलामा नग्न अवस्थामा शव फेला परेको थियो।

त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले रुचालको बलत्कारपछी हत्या गरेको पुष्टी गरेको हो।घटनामा संलग्न आरोपमा प्रहरीले मदरसाका एक शिक्षकलाई पक्राउ गरेको छ।

मृतककी आमा धनमाया सार्कीको किटानी जाहेरीमा पाँच महिनादेखि शान्तिपुरमा बस्दै आएका बाँकेको खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पक्राउ परेका हुन्। सो क्षेत्रमा रहेका करिब २ सय मुस्लिम परिवारका विद्यार्थीलाई पढाउन खोलिएको मदरसा गुल्सने मदिनामा रहिस आएका थिए।

पक्राउ परेका रहिसबिरुद्ध अदालतमा मनिषाको ज्यान सम्वन्धि कसुर र करणी बिरुद्धको मुद्धामा पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार सूर्ति किन्न पसलमा गएर फर्किएकी मनिषालाई खाँले फकाएर बोलाउँदै भित्र लगेर कुकर्म गर्न लाग्दा उनले प्रतिवाद गर्ने क्रममा उनको हत्या गरिएको प्रहरीको प्रारिम्भक निष्कर्ष छ।

गुल्मी प्रहरीले घटनाको विषयमा प्रहरी नजिक पुगिरहेको र केही विषयका प्रमाणहरु जुटाउँदै गएको बताउँदै घटनाका मुख्य दोषी पक्राउ परेको जनाएको छ। स्थानीयले घटनालगत्तै अपराधीलाई कडा कारबाहीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन्। उनीहरुले अपराधीलाई कडा कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन्।