भारतबाट मोदीले भने,‘नेपालको भुकम्पले दुखी बनायो,आवश्यक सबै सहयोग गर्न तयार छौं’

Narendra Modi, India's prime minister, during a joint news conference with Kyriakos Mitsotakis, Greece's prime minister, in Athens, Greece, on Friday, Aug. 25, 2023. Modi arrived in Greece on Friday for talks to strengthen bilateral ties. Photographer: Yorgos Karahalis/Bloomberg via Getty Images

काठमाडौं। गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पले पुराएको क्षतिप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
भूकम्पले गरेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मोदीले आवश्यक सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भारत सरकार यो पीडामा नेपाली जनतालाई साथ दिन तयार रहेकोर सबै सहयोग गर्न तयार रहेको जनाएका छन् ।

प्रधानमन्त्री मोदीले भनेका छन्,‘भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’