भुकम्पः विश्वकप क्वालिफायर फाइनलमा टिकटबाट उठेको आधा रकम भूकम्पपिडितलाई दिइने

काठमाडौं। भोली हुने आईसीसी विश्वकप टी–२० को एसिया छनौट अन्तर्गतको फाइनल खेलमा टिकटबाट उठेको रकमको आधा रकम अर्थात ५० प्रतिशत रकम भूकम्पपीडितलाई दिइने भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले आज सूचना निकाल्दै नेपाल र ओमनबीच आइतबार हुने फाइलन खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गरेको हो। गएराति जाजरकोट केन्द्रबिन्दु भएको गएको भुकम्पमा सयौं मानिसले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन् ।

‘जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भुकम्पले र्पाएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ । यस भुकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइते सम्पुर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आईसीसी टी २० विश्वकप क्रिकेटको एसिया छनौट अन्तर्गत आइतबार हुने नेपाल र ओमानबिच फाईनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं,’ सूचनामा भनिएको छ ।