जीपी कोइराला फाउण्डेशन अमेरीकाका अध्यक्ष घिमिरे मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित

काठमाडौं। गिरीजाप्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे घानामा मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित भएका छन्। कोरोना महामारीको समयमा फाउण्डेशनले गरेको कार्यको सम्मानस्वरुप घिमिरे पुरस्कारबाट सम्मानित भएका हुन्।

घानाले मानवीय पुरस्कार ग्लोबल परिवर्तन निर्माताहरू, स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समाजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानव सेवी पेशेवरहरूलाई पहिचान गर्न, सम्मान गर्न र मनाउन स्थापना गरेको हो । यसका कार्यहरूले समाजमा सकारात्मक प्रभाव पनि पारेको छ।

पुरस्कार प्रदान गर्दै मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले भने, “घिमीरेको नेतृत्वमा रहेको फाउण्डेशनले बिषेश गरी कोरोना कहरका बेला निःस्वार्थ समर्पणमा धेरै क्षेत्र र समुदायहरुमा गरेको योगदानको सम्मानस्वरुप घिमिरेलाई “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानित प्रदान गर्न पाउँदा हामीलाई गर्व लागेको छ। तपाईले समाजमा खेल्नु भएको मानवीय कार्यको उच्च प्रशंसनीय छ र निरन्तरताको पनि कामना छ ।” उनले थपे, “हाम्रो यस अनुरोधलाई स्वीकार गरिदिनु भएकोमा हामी आभारी छौ र तपाईलाई घानामा स्वागत र सम्मान गर्न पाउँदा निकै हर्षित भएका छौं।”

पुरस्कार ग्रहणपछी घिमीरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउँदा गौरव लागेको बताएका छन्। उनले भने,“रूपान्तरण नेतृत्व पुरस्कार“ प्राप्त गर्दै गर्दा यो पुरस्कारले अब नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरु बिच पुलको निर्माण हुनेछ र यी देशहरु बिच शान्ति, समृद्धि र प्रगतिको पुल निर्माण गर्नलाई एउटा बाटो खुलेको छ ।”

उनले अब घाना, नाईजेरिया, सेनेगल, बेनिन, टोगो, कोर्टे ड्वायर र बुर्किना फासोमा गिरीजा प्रसाद कोईराला फाउण्डेशनको स्थापना गर्नेबारे बिषेश छलफल भएको जानकारी दिए। घिमीरेलाई महामहिम महेर खीर–घानाका लागि लेबनानका राजदूतले “रूपान्तरण नेतृत्व पुरस्कार”ले सम्मान गरेका थिए । अध्यक्ष घिमीरे २०२३ को यो सम्मान पाउने एक मात्र नेपाली अमेरिकन हुन् ।

मानवीय पुरस्कार ग्लोबल–घानाले प्रतेक वर्ष विश्वभरि बाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनौट गरेर यो पुरस्कार दिने गर्दछ । यस बर्ष, २०२३ मा विश्वभरि बाट ४८ जनाले मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेको थियो।