एनआरएनए अध्यक्ष बद्री केसीमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी

काठमाडौँ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयमै पत्रकारसहित एनआरएनए अभियन्ताहरु कुुटिएपछी कारबाहीको माग गर्दै प्रहरीमा निवेदन परेको छ। संघको कार्यालयमै एमालेको भातृसंगठन युवासंघले गरेको कार्यक्रमका क्रममा पुगेका हिजो संघका अध्यक्ष आरके शर्मा, पत्रकार तथा एनआरएनए अभियान्ता ओम शर्मालगाएतमाथी आक्रमण तथा कुटपिट भएको थियो।

सोहि घटनाका दोषिलाई कारबाहीको माग गर्दै अध्यक्ष शर्मा, उपाध्यक्ष गंगाधर गौतम, महासचिव बुद्धि सुवेदी र कोषाध्यक्ष ठाकुुर ढुंगानाले प्रहरी वृत्त दरबारमार्गमा निवेदन दर्ता गराएका हुन्।घटना भएको कार्यक्रममा एमाले नेता महेश बस्नेतको पनि सहभागिता रहेको थियो। उनीहरुले एनआरनए कार्यालयमा भएको कुटपिट सम्बन्धमा आवश्यक छानबिन गरी शान्ति सुरक्षाका साथै सीसी क्यामेरा फुटेज सुरक्षित गराउन निवेदनमा आग्रह गरेका छन्।

निवेदनमा कार्यालयमा अफिसका सबै कर्मचारीहरु दिएर बद्री केसीले एमालेका नेता र युवा संघका कार्यकर्तालाई प्रवेश गराइ गोप्य कार्यक्रम गराएको उल्लेख छ। सोही क्रममा एनआरएनए बेल्जियमका पार्षद तथा पत्रकार ओम शर्मासहित आफूहरु पुगेर कार्यक्रमबारे खोधखोज गर्दा बिनाकारण आक्रमण भएको निवेदनमा उल्लेख छ।

सो क्रममा आफूहरुमाथि ज्यान मार्नेसम्मको धम्की दिइएको र सबै घटना बद्री केसीको निर्देशनमा गराइएकाले उनीसहित दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरिएको छ।यस्तै सहज वातावरण नबने सम्म एसआरएनएको कार्यालय बन्द गराई आवश्यक कारवाही गर्न पनि माग गरिएको छ।

कुटपिटबाट घाइते पत्रकार शर्मा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष,नेपाल पत्रकार महासंघ युरोप शाखाका पूर्ब उपाध्यक्ष हुन्। शर्माले पनि एमाले नेता महेश बस्नेत र बद्री केसीमाथि कारबाहीको माग गर्दै प्रहरीमा छुट्टै निवेदन दिएका छन्।

यस्तो छ प्रहरीमा दिइएको निवेदनः