टी–२० विश्व कप छनोटः हिजो सिङ्गापुरलाई हराएको नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं। आईसीसी टी–२० विश्व कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुने छ।

पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो। यस्तै, आज कीर्तिपुरमा बिहान नौ बजे ओमान र सिङ्गापुर खेल्नेछन्।

यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने खेलमा बिहान नौ बजे बहराइन र हङकङ तथा दिउँसो साढे १ बजे कुवेत र यूएई खेल्दैछन्। नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन्। समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्।

छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन्। त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ।