काठमाडौं।परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनका बिचमा भेटवार्ता भएको छ। अमेरिकाको वासिङ्टनमा भएको भेटमा दुवैले नेपाल–अमेरिकाबीच साझेदारीको सुदृढीकरणमा जोड दिएका छन्।
भेटमा ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको छ। पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएका छन्।
भेटमा नेपालमा लगानी विस्तार, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२ करोड ५० लाख अमेरिकी डलरको नयाँ ऋण दिनेलगायत विषयमा छलफल भएको छ।