विपीन जोशीको रिहाइका लागि नेपालले गर्यो अन्तर्राष्ट्रिय आह्वान

काठमाडौं। परराष्ट्र मन्त्रालयले इजरायलमा हमास आक्रमण पछी बेपक्ता नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागी अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ।

हमासले बन्धक बनाएको आशङ्का गरिएका जोशी र अरु देशका बेपत्ता नागरिकहरूको सुरक्षाका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको हो। गएको असोज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता रहेका छन्।

परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ। मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य र संलग्न अन्य कुटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।