काठमाडौं। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको टोली आज चीन भ्रमणमा जाने भएको छ। प्रधानन्यायाधीश श्रेष्ठसँगै न्यायाधीश आनन्दमोहन भट्टराई र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहितको टोली आज चीन जान लागेको हो।
चिनियाँ सर्वोच्च अदालतका प्रधानन्यायाधीशको निम्तोमा प्रधानन्यायाधीशसहितको टोली चीन जान लागेको हो। उनीहरु आज प्रस्थान गर्नेछन भने करिब एक साता भ्रमणमा रहने छन्।
यसअघी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एसियाड प्रतियोगिताको उद्याटन सत्रमा सहभागी भएर फर्किएका थिए भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको बेल्ट एन्ड रोड (बिआरआई) को सम्मेलनमा भाग लिएर फर्केका छन्।