त्रिदेशीय टी–२० शृंखलाको उपाधिका लागि नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं। त्रिदेशीय टी–२० शृंखलाको उपाधिका लागि नेपालले आज (शुक्रबार)युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ। नेपाल र यूएईसँगै हङकङ सहभागी शृंखलामा नेपालले लिग चरणमा शतप्रतिशत जितसहित फाइनलको यात्रा तय गरेको थियो।

यूएईले भने चार खेलबाट दुई अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो। यूएई र हङकङको समान अंक भए पनि नेट रनरेटका आधारमा मुहम्मद वसिमको कप्तानीमा रहेको टिम फाइनल प्रवेश गरेको हो।

जारी शृंखलामा अपराजित नेपाल फाइनलमा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। लिग चरणमा नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले, तेस्रो खेलमा पुनः हङकङलाई ७९ र चौथो खेलमा यूएईलाई पाँच विकेटले हराएको थियो।

शृंखलाका लिग चरणका सबै खेल मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट रंगशालामा भएको थियो। फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।