एजेन्सी। चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। आज शुक्रबार बिहान ६८ वर्षीय लीको हृदयाघातका कारण लीको निधन भएको हो।
चिनिया संचारमाध्यमहरुले जनाएअनुसार हिजो उनलाई अचानक हृदयाघात भएको थियो। त्यसलगत्तै अस्पतालमा पुराइएको र उपचारकै क्रममा गएराति १२ बजेर १० मिनेटमा निधन भएको हो। ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए।
ली सन् २०१३ मा पहिलोपटक चीनको प्रधानमन्त्री बनेका थिए। चीनका राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाको दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए।