काठमाडौं। कतारले आठ जना भारतीय नागरिकलाई मृत्युदण्डको फैसला सुनाएको छ। कतारमाको दोहामा पक्राउ परेका आठ पूर्वनौसैनिक भारतिय अधिकारीलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।
फैसलापछी भारतको विदेश मन्त्रालयले कतारको फैसलाबाट स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतीक्षामा रहेको जनाएको छ। सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो।
नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो। मार्चको अन्त्यमा ती भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवा गरिएको थियो।
त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेका थिए।