काठमाडौं। दशैंका लागि बिदा भएका सरकारी कार्यालय आज शुक्रबारदेखि देखि खुल्ने भएका छन्।दशैंका अवसरमा फुलपातिदेखि हिजो द्वादशीसम्म ६ दिन सार्वजनिक विदा रहेको थियो।
दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ। दशैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा दशैं विदाको अन्त्यसँगै चहलपहल बढेको छ। आजदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् ।
आज १० बजे कार्यालय आउनेहरु हिजो बिहिबार नै गन्तब्यमा पुगिसकेका छन्। विशेष गरी बसाईसराई,नोकरी र अध्यन लगायत विभिन्न सिलसिलामा आफ्नो पुख्र्यौली थलो बाहिर रहेकाहरु दशैं मनाउँन घर फर्कने गर्दछन् ।