मकवानपुरमा सुमो दुर्घटनाः १३ जना घाइते

काठमाडौं। मकवानपुरको इन्द्रसरोबरमा आज बिहान टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। ​घाइते हुनेमा १२ जना भारतीय नागरिक रहेका छन्। इन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर ५ मकैबारीमा आज बिहान सुमो दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुरको कुलेखानी मातातिर्थ हुँदै वीरगंजबाट काठमाडौंतर्फ जादैँ गरेको मधेश प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएका हुन्।

उनीहरुलाई उद्धार गरी उपचारको लागी काठमाडौं पठाइएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।घाइते हुनेमा सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका–२१का २५ वर्षीय अनिल कुमार शाह र १२ जना भारतीय रहेको भण्डारीले बताए।