पाल्पा जीप दुर्घटनाः मृतक एकै परिवारका ६ जनाकै परिचय खुल्यो (नामसहित)

काठमाडौं। पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ।

दुर्घटनामा पूर्वी नवलपरासीको देवचुली–१६ की५५ वर्षीया पार्वती लोहनी,६५ वर्षीय कृष्ण लोहनी,११ वर्षीय सविस लोहनी,साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङको बेसीसहर नगरपालिका–२ की ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेको युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ। पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च—७२०९ नम्बरको जीप आइतवार बैकुण्ठे भीरबाट खोलामा खसेको हो।