राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यही हप्ता अमेरिका भ्रमणमा जाँदै (यस्तो छ भ्रमण तालिका)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेन अमेरिका भ्रमणमा जाने भएका छन्।अध्यक्ष लिङ्देन प्रवासी नेपाली एकता समाज(पानस)को तेश्रो राष्ट्रिय अधिवेशनमा सहभागिता जनाउनका लागी आगामी अक्टोबर २७ मा अमेरिकाको टेक्सस जाने भएका हुन्।

लिङ्देन पानसले अमेरिकाको टेक्ससमा आयोजना गरेको अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागिता जनाउने छन्।लिङ्देन टेक्ससको ड्यालसमा अक्टोबर २७ मा अवतरण गर्नेछन् भने अक्टोबर २८ मा मोमो महोत्सव(फेस्टिवल)मा सहभागीतासँगै नेपालीहरूसंग भेटघाट गर्ने तालिका छ।

यसैगरि अक्टोबर २९मा ड्यालसको करि लिफमा हुने पानसको अधिनेशनमा प्रमुख अतिथीको रुपमा सहभागी हुनेछन् भने अक्टोबर ३० मा साँझ केन्टकीका नेपाली समुदायसंग साक्षात्कार गर्नेछन्। त्यस्तै अक्टोबर ३१ का दिन ओहायोमा बिश्व भुटानि संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागि हुनेछन्।

त्यसैगरी अध्यक्ष लिङदेन नोभेम्बर २ मा वाशिंगटनस्थित नेपाली राजदुताबासको भ्रमण र साक्षात्कार गर्नेछन्। त्यसपछि नोभेम्बर ४ मा न्यूयोर्कमा पानसद्वारा नै आयोजित भेटघाट कार्यक्रममा उपस्थित हुनेछन् भने नोभेम्बर ५ मा मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। लिङदेन कार्यक्रम सकेर नोभेम्बर ६ मा नेपाल फर्किनेछन्।