काठमाडौं।गैरआवासिय नेपाली संघ(एनआरएनए)राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले आफ्नो घोषणा सभा सम्पन्न गरेको छ। शनिबार एक कार्यक्रमका बिच सपथ ग्रहण तथा दसैंको शुभकामना आदानप्रदान साथै घोषणा सभा सम्पन्न गरिएको हो।
विजया दशमीको फुलपातिको अवसर पारेर “जहाँ रहन्छ नेपाली त्यहिं रहन्छ नेपाली संस्कृति” भन्ने नाराका दशैं शुभकामना तथा घोषणा सभा दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न भएको थियो।
कार्यक्रममा एनआरएनए एनसीसी दक्षिण कोरियाका अध्यक्ष विनोद कुवंर, हेटौँडा उपमहानगर प्रमुख मिना लामा,एनआरएनए एनसीसीका प्रवक्ता डा. प्रकाश धमला, एनसीसी अध्यक्ष हरि खनाल एमटीयु अध्यक्ष उदय राई, जनप्रगतिशिल मन्च अध्यक्ष ईश्वर कठायत, नेपाली प्रवासी एकता मन्चका अध्यक्ष शुभराज भोम्जन सहभागी थिए।
यस्तै गण्डकी प्रदेश अध्यक्ष प्रविन गिरि, प्रवास नेपाली सम्पर्क विभाग सभापति जीपी तिमल्सिना,बाग्मति प्रदेश अध्यक्ष भवानी प्रसाद पौडेल, सुदुर पश्चिम समाज अध्यक्ष दिल बहादुर मडई, पत्रकार महासंघ अध्यक्ष किसन गौतम लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अधिकांश वक्ताले दसैंको शुभकामना आदान प्रदान गर्नुको साथै ९ औं एनआरएनए एनसीसीका अध्यक्ष विपिन गुरुङ नेतृत्वको कमिटीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।