काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। छातीमा असहज महसुश भएपछि प्रचण्डलाई अस्पताल भर्ना गरिएको हो।
प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रचण्डको कोरोनरी एन्जीओग्राम गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । प्रचण्डको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ ।