एनआरएनएका अध्यक्ष उमेदवार आरके शर्माले पाए‘डायस्पोरा बिजनेश अवार्ड’

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका उमेदवार राजेन्द्रकुमार(आरके)शर्मा‘डायस्पोरा बिजनेश अवार्ड’बाट सम्मानित भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शर्मालाई ‘डायस्पोरा बिजनेश अवार्ड’ बाट सम्मान गरेका हुन्।

शर्मा कतारमा सफल नेपाली व्यवसायीको रुपमा चिनिन्छन्। गैरआवासीय अभियानमा करिब दुई दशकदेखि सक्रिय शर्मा समाजसेवामा समेत सक्रिय छन्। शर्मासँगै प्रधानमन्त्री प्रचण्डले सिजन मिडिया प्रालिले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा दक्षिण एसियाली देशका सफल व्यावसायि हरूलाई‘एसियन प्रोफेसनल अभिच्मेन्ट अवार्ड २०२३’सहित सम्मान गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले आरके शर्मा सहित आफ्नो व्यवसायमा उच्च स्थान बनाएका व्यक्तिलाई सम्मान गर्न पाउदा आफू गौरवको विषय भएको बताए। सिजन मिडियाले डा.भगवान कोइराला, निर शाह, डा.राजेन्द्र केसी,सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वलाई प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका थिए।

‘सम्मानित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक बधाइसहित निरन्तर सफलताको कामना गर्दछु,’प्रचण्डले भने। शर्माले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो एजेण्डा सार्वजनिक गरेर आफ्नो एजेण्डा सार्वजनिक तथा अध्यक्षमा उम्मेदवारी दर्ता समेत गराएका छन्। शर्माले २४ महिनामा २४ काम गर्ने सहित आफ्नो बाचापत्र ल्याएका छन्।

पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना समेटिएको बाचापत्र सार्वजनिक गरेका थिए। शर्मा कतारमा सन् २००३ मा पुगेका थिए। कतारमा जागिरे जीवनबाट सफल उद्यमीको परिचय शर्माले बनाएका छन्।