को हुन् ? एनआरएनए उपाध्यक्षका उमेदवार डा.केशव पौडेल, के छन् उनका योगदान ?

काठमाडौँ। डा.केशव पौडेल,गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिव पौडेल अहिले भने आसन्न निर्वाचनका लागी उपाध्यक्ष पदका उमेदवार हुन्।
तनहुँको व्यास नगरपालिका–९ मा स्थायी घर भई अमेरिकामा रहेर एनआरएनए अभियानमा सक्रिय पौडेलले यतिबेला अध्यक्षका उमेदवार महेश श्रेष्ठलाई समर्थन गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

विगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा आवद्ध रहँदै गर्दा पनि गैर आवासीय नेपाली अभियानमा विगत १ दशकदेखी नै सक्रिय रुपमा विभिन्न पदहरुमा रहेर कुशल नेतृत्व निर्वाह गरिसकेका व्यक्ती

पौडेल सन् २०१३ देखि एनआरएनएमा आबद्ध भएपछी सन् २०१३–२०१५ सम्म एनआरएनए अमेरिकाको सल्लाहकार, २०१५–२०१७ र २०१७–२०१९ सम्म निरन्तर दुई कार्यकाल एनआरएनए अमेरिकाको अध्यक्ष, सन् २०१९–२०२१ सम्म एनआरएनए अमेरिकाको प्रमुख संरक्षकको भूमिका निर्वाह गरे भने सन् २०२१–२०२३ को वर्तमान कार्यकाल एनआरएनए आईसीसीको महासचिवको रुपमा कुशल जिम्मेवारी निर्वाह गरिसकेका छन्।

एनआरएनएसँगै अमेरिकामा सक्रिय चिकित्सक पेसामा संलग्न डा.पौडेल नेपालमा समेत ग्रिनसिटी अस्पतालमार्फत चिकित्सा क्षेत्र आबद्ध छन् भने चिकित्सा क्षेत्रअन्तर्गत विशेषगरी इन्टरनल मेडिसिन विज्ञका रूपमा पनि परिचित छन्।

उनले कोभिड–१९ को उपचार र रोकथामका लागि एनआरएनए अमेरिकाको सहजीकरणमा करोडौं मूल्यको स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। डा.पौडेलको अमेरिकामा चिकित्सासाथै अन्य होटल व्यवसायसहित विभिन्न क्षेत्रमा लगानी गरेर धेरैलाई रोजगारी सृजना गरेका छन्।उनले अब गैर आवासीय नेपालीले एनआरएनए मार्फत नेपालमा लगानी वृद्धी गरेर देश समृद्ध बनाउनुपर्नेमा समेत जोड दिन्छन्।

एनआरएनए अभियान एउटा निर्णायक मोडमा पुगेको छ,सहमति,सहकार्यको माध्यमबाट थप उचाइमा लैजान अध्यक्षको उम्मेदवारबाट म पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिएँ

दशौँ महाधिवेशनमा उत्पन्न विवादलाई समाधान गर्दै संस्थालाई एकजुट गरेर अगाडी बढाउने जिम्मेवारी सबैसामु रहेको उल्लेख गर्दै पौडेलले आगामी कार्यकालमा निर्वाचित हुने श्रेष्ठसहितको कार्यसमितिले ल्याउने एनआरएनए केन्द्रित योजनाहरुको कार्यन्वयन गर्नेतर्फ आफ्नो ध्यान रहने बताएका छन्। आफूलाई उपाध्यक्षको रुपमा उभ्याईरहँदा पौडेलले यसपटक एनआरएनए संस्थागत सुशासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदातासामु प्रस्तुत भएका छन्।

यस्तै पौडेलले आफ्ना प्रतिबद्धतामा पहिलो मुद्दा नेपाली नागरिकताको निरन्तरता, दोस्रो मुद्दामा एनआरएनएलाई नै संस्थागत बनाउनु रहेको बताएका छन्। एनआरएनएलाई संस्थागत रुपमा सबैको सहभागिता र भूमिका सहितको बनाउन सक्दा संघको प्रशासनिक खर्च पनि कटौती गर्न सकिने भएकाले त्यसतर्फ आफ्नो ध्यान रहने उनले बताए।यस्तै तेस्रो मुद्दा गैर आवासीय नेपालीका लागि एनआरएनएले गर्नुपर्ने काम भएको उनले बताए।

यसैगरी विश्व सम्मेलनलाई नेपालको समृद्धि, सूचना तथा प्रविधि क्षेत्रको विकास, प्रविधि, सीप हस्तान्तरण जस्ता विषयमा केन्द्रित गरी योजना निर्माण गर्न आफूले पहल गर्ने तथा संघका सबै गतिविधिमा युवा र महिलालाई अग्र स्थान दिने, प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसंग जोड्ने, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा पनि आफूले संस्थागत रुपमा पहल गर्ने पौडेलको प्रतिबद्धता छ।