काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)को कोषाध्यक्ष पदका उम्मेदवार ठाकुर ढुंगानाले एनआरएनएमा पारदर्शीता र कोषको आकार बढाउने आफ्नो लोकप्रिय एजेण्डासँग अध्यक्ष पदका उमेदवार आरके(राजेन्द्रकुमार)शर्माको एजेण्डा मिलेकोले आँफुले समर्थन गरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै ढुँगानाले यस्तो बताएका हुन्। सम्बोधनमा उनले भने,“अध्यक्षका प्रत्यासी शर्माले एनआरएनए सचिवालयको पुनरसंरचनालाई परिवर्तन गर्ने एजेण्डा ल्याउनु भयो,त्यस एजेण्डामा मेरो एजेण्डा पनि मेल खायो त्यसकारण उहाँलाई नै समर्थन गरेर मैले कोषध्यक्ष पदमा उमेदवारी दिएँ।”
लामो समयदेखी एनआरएनए अभियानमा सक्रिय ढुँगानाले संघको हित र सम्पुर्ण गैर आवासीय नेपालीहरुको हितका लागी शर्माका एजेण्डा पुर्ण रहेको बताए। उनले गैर आवासीय नेपालीहरुका मुद्दालाई सम्बोधन गर्न शर्माका २४ महिनाका लागी २४ बाचा भनेर सार्वजनिक गरिएका एजेण्डा स्थापित गराउन अपरिहार्य रहेको भन्दै शर्मा सहितको समुहमा आफू निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने हरतरहले लागी पर्ने प्रतिबद्धता व्यक्त गरे ।