काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)को सचिव पदका उमेदवार आरसी पोखरेलले अध्यक्षका प्रत्यासी आरके शर्माले एनआरएनए सचिवालयको पुनरसंरचनालाई परिवर्तन गर्ने एजेण्डा ल्याएको हुँदा आँफुले पनि समर्थन गरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अमेरिकामा रहेर लामो समयदेखी एनआरएनए अभियानमा सक्रिय पोखरेलले संघको सचिवालय पुनरसंरचना गर्न अत्यावश्यक रहेकोले शर्माका एजेण्डमा पनि उत्त कुरा समेटिएको बताएका हुन्। यसकारणले आँफुले पनि शर्माको एजेण्डालाई समर्थन गरेर सचिव पदमा उमेदवारी दिएको बताएका हुन्।
पोखरेलले गैर आवासीय नेपालीहरुका मुद्दालाई सम्बोधन गर्न शर्माका २४ महिनाका लागी २४ बाचा भनेर सार्वजनिक गरिएका एजेण्डा स्थापित गराउन अपरिहार्य रहेको बताए। शर्मा सहितको समुहमा आफू सचिवमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने पोखरेलको प्रतिबद्धता छ।