काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)को सचिव पदका उमेदवार टंक गैरेले अध्यक्षका प्रत्यासी आरके शर्माका एजेण्डाले गैर आवासीय नेपाली श्रमिक, व्यवसायी र उद्यमी सबैलाई समेटेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै जापानबाट एनआरएनए अभियानमा सक्रिय गैरेले शर्माका एजेण्डाले सबै पक्षलाई समेटेको भन्दै तिनै एजेण्डालाई समर्थन गरेर आँफुले सचिव पदमा उमेदवारी दिएको बताएका हुन्।
गैरेले सम्बोधनमा शर्माले नेपालमा सानो लगानीमा धेरै योजना बढाउने योजना ल्याएको हुँदा आफूले पनि समर्थन गरेर सचिवमा उम्मेदवारी दिएको बताए।
गैरेले गैरआवासीय नेपालीहरुका मुद्दालाई सम्बोधन गर्न शर्माका २४ महिनाका लागी २४ बाचा भनेर सार्वजनिएक गरिएका एजेण्डा स्थापित गराउन अपरिहार्य रहेको बताए। शर्मा सहितको समुहमा आफू सचिवमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।