एनआरएनए निर्वाचनः “आरके शर्माका एजेण्डाले सबै पक्षका बिचारलाई समेटेको छ”:शशी पौडेल उपाध्यक्ष उमेदवार

काठमाडौं।गैर आवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्ष पदका उमेदवार शशी पौडेलले अध्यक्षका प्रत्यासी आरके शर्माका एजेण्डाले सबै पक्ष र विचारलाई समेटेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेदरल्याण्डमा रहेर लामो समयदेखी एनआरएनए अभियानमा सक्रिय पौडेलले शर्माका एजेण्डाले सबै पक्षलाई समेटेको हुँदा आँफु फरक विचार र सिद्धान्तको भएपनि शर्माको एजेण्डालाई समर्थन गरेको बताएका हुन्।

पौडेलले एनआरएनए सबै बिचारको संगम भएको भन्दै आरके शर्मा अध्यक्षमा निर्वाचित भएका मात्र त्यो पूरा हुने हुँदा आफू उनलाई समर्थन गरेर उपाध्यक्षको उम्मेदवार भएको बताए। “राजनीति गर्ने संस्थाहरु अरु पनि धेरै छन्,म आफू बिचारले कांग्रेस निकट छु,”पौडेलले भने,“शर्माले सारेको एजेण्डाले सबै पक्षलाई बिचारलाई समेटेको छ।”

पौडेलले गैर आवासिय नेपालीहरुका मुद्दालाई सम्बोधन गर्न शर्माका एजेण्डालाई स्थापित गराउन जरुरी रहेकोले शर्माकै समुहबाट आँफुले उमेदवारी दिएको दोहोराएका छन्। उनले शर्माका एजेण्डा नै आफ्ना एजेण्डा भएको र तिनै एजेण्डा गैर आवासीय नेपालीका एजेण्डा भएको बताए।

पौडेलले शर्माका २४ महिनाका लागी २४ बाचा भनेर सार्वजनिएक गरिएका एजेण्डा स्थापित गराउन अपरिहार्य रहेको बताएका हुन्।