एनआरएनए निर्वाचनः‘आरके शर्माका एजेण्डा स्थापित गर्न मैले उपाध्यक्षमा उमेदवारी दिएँ’: रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द)

काठमाडौं।गैर आवासीय नेपाली संघ(एनआरएनए)को उपाध्यक्ष पदका उमेदवार रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द)ले आरके शर्माका एजेण्डालाई स्थापित गराउन आँफुले उमेदवारी दिएको बताएका छन्।

श्रेष्ठले अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार(आरके)शर्माका एजेण्डा नै आफ्ना एजेण्डा भएको र तिनै एजेण्डा गैर आवासीय नेपालीका एजेण्डा भएको बताए।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै श्रेष्ठले शर्माका २४ महिनाका लागी २४ बाचा भनेर सार्वजनिएक गरिएका एजेण्डा स्थापित गराउन अपरिहार्य रहेको बताएका हुन्।

शर्मा सहितको समुहमा आफू उपाध्यक्षमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।उपाध्यक्षका उम्मेदवार श्रेष्ठ लामो समयदेखी जापानलाई कर्मथलो बनाएर एनआरएनए अभियानमा सक्रिय छन्।

उनले एनआरएनएभित्र रहेका समस्या समाधान गर्न शर्माको नेतृत्व अपरिहार्य रहेको भन्दै काम गर्ने व्यक्ति र एजेण्डालाई स्थापित गराउनको लागि आरके शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए।