एनआरएनए निर्वाचनः‘आरके शर्माका एजेण्डा कार्यान्वायनमा प्रतिबद्ध छु’:खगेन्द्र न्यौपाने, उपाध्यक्षका प्रत्यासी

काठमाडौं,गैर आवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्ष पदका उमेदवार खगेन्द्र न्यौपानले अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार(आरके)शर्माका एजेण्डा नै आफ्ना एजेण्डा भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै न्यौपानले अध्यक्ष उमेदवार शर्माले पेश गरेको २४ महिना २४ बाचा नै आफ्नो एजेण्डा रहेको बताएका हुन् । न्यौपानेले शर्मा सहितको समुहमा आफू उपाध्यक्षमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपाध्यक्षका उम्मेदवार बनेका लामो समयदेखी मलेसिया कर्मथलो बनाएर एनआरएनए अभियानमा सक्रिय न्यौपानेले एनआरएनएभित्र रहेका समस्या समाधान गर्न शर्माको नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।

न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, एक कार्यकाल अध्यक्ष, एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक र वर्तमान आइसीसी सचिवको जिम्मेवारी सफलताका साथ निभाइसकेकाले एनआरएनए अभियानमा लागिरहँदा आफ्ना मुद्धा र आरके शर्माका मुद्दा समान रहेकोले यीनै मुद्दालाई स्थापित गर्न उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।