काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएए)को सचिव पदमा मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले उमेदवारी दर्ता गरेका छन्। विगत लामो समयदेखी युएईलाई कर्मथलो बनाएर एनआरएनए अभियानमा सक्रिय गोर्खालीले आज एनआरएनए निर्वाचन कार्यलयमा पुगेर सचिव पदमा मनोनयन दर्ता गराएका हुन् ।
पछिल्लो कार्यकालमा मध्यपूर्व संयोजकको भूमिका कुशलतापूर्वक सम्पन्न गरेका एनआरएनए अभियन्ता एवं समाजसेवी श्रेष्ठगैर आवासिय नेपालीबिच लोकप्रिय मानिन्छन्। उनले आज मनोनयन दर्ता गर्ने क्रममा पत्रमा लेखेका छन्,“गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी)को आगामी अक्टोवर १७ देखि शुरु हुन लागेको ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवार दिने घोषणा गर्न पाउँदा म असाध्यै हर्षित छु। विश्वभर छरिएर रहेका नेपालीको साझा संस्था एनआरएनएको यो भूमिका दिलाउन यहाँहरुले पु¥याउनु भएको योगदान प्रति आभार ब्यक्त गर्दछु।
एनआरएनएको ईतिहासमा लामो समय व्यतित गर्दै आज म सचिव जस्तो गरिमामय पदमा आगामी कार्यकाल २०२३–२०२५ का निम्ति मनोनयन दर्ता गराइसकेको छु । तपाई सम्मानित पार्षद् र अग्रजहरूको हरेक चरणमा विश्वास जितेर आजको अवस्थामा आईपुगेको हुँ भन्ने मलाई विश्वास छ । मैले आफ्नो जीवनको ऊर्जाशील श्रम आफ्नो मुलुकमा पोख्न पाईन । दशकौं बर्ष खाडी मुलुकमा बिताएको छु र, आज पनि श्रमजीवि नेपालीहरुको साथ र सेवामा निरन्तर यस अभियानमा जोडिएको छु ।“ उनले लेखेका छन् ।