काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)उपाध्यक्ष पदका लागी राज रेग्मी(राजु)ले उम्मेदवारी दर्ता गराएका छन्। आज संघको सचिवालयमा पुगेर रेग्मीले मनोनयन दर्ता गरेका हुन् ।
केहि समयअघि आफ्ना ८ संकल्पसहित उम्मेदवारी घोषणा गरेका रेग्मीले मनोनयन दर्ता गरेसँगै चुनावी अभियानलाई पनि तिब्रता दिएका छन। वर्तमान कार्यसमितिमा युवा उपाध्यक्षको भूमिका कुशलतापूर्वक निभाएका रेग्मी संसारभर रहेका गैरआवासीय नेपाली माझ लोकप्रिय छन्।
कतारमा कर्मथलो बनाएका रेग्मी एनआरएनएमाझ परिचित मात्र छैनन्, एनआरएनएमा परिणाममुखी काम गर्ने व्यक्तिका रुपमा पनि आफुलाई स्थापित गराएका छन् । उनले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागि पर्ने बताएका छन् ।