काठमाडौँ। इजरायलले गरेको प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्धको हवाइ आक्रमणमा हमासका अर्थमन्त्री नै मारिएका छन्। इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा जकारिया अबु मुअम्मर र अर्थमन्त्री जवाद अबु शमाला मारिएका हुन्।
हमासले पनि इजरायलतर्फ हवाई र स्थलगत आक्रमण जारी राखेको छ।इजरायली सेनाका प्रवक्ता अविचय अद्राईका अनुसार अर्थमन्त्री शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिए भने गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्थे।
इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख,‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूहहरूको बीचमा समन्वयकको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ।