महासचिव गुटेरेसले स्थगित गरे नेपाल भ्रमण

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ।इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले भ्रमण स्थगित गर्नुभएको हो।

मध्यपूर्व र पश्चिम एसियमा बढेको तनावका कारण गुटेरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।महासचिव गुटेरेस नेपाल हुँदै चीन जाने कार्यक्रम रहेकामा त्यो पनि हाललाई रोकिएको छ।

राष्ट्रसंघका महासचिव गुटेरेसले यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो ।गुटेरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने समेत तय भइसकेको थियो। केही समयमै गुटेरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।