दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं। दसैँका लागि अग्रिम टिकट बुकिङ सोमबार(आज)बाट खुल्ला गरिने भएको छ। आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच आजदेखि बुकिङ खुला गर्ने सहमति भएको थियो ।

यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । तर, सरकारसँग भएको छलफलमा व्यवसायी पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् ।

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।