इजरायलमा नेपाली: सरकारले तोक्यो अलपत्र नेपालीका लागी सम्पर्क व्यक्ति (नामसहित)

काठमाडौं। नेपाल सरकारले इजरायलमा अलपत्र परेका नेपालीहरुको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ। इजरायलमा हमास समुहले गरेको आक्रमणमा परि नेपाली नागरिकको हताहती भएपछी सरकारले अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकरणको लागि व्यक्ति तोकेको हो।

परराष्ट्र मन्त्रालयमा बसेको आकस्मीक बैठकले मन्त्रालयका चार जना कर्मचारीलाई सम्पर्क व्यत्तिः तोकेको स्रोतले जानकारी दिएको छ। नेपालीहरुको आवश्यक जानकारी,सहयोग र सहजीकरणको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल,सहसचिव शरदराज आरण,उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

त्यस्तै,इजरायलमा रहेको नेपाली राजदूतावासका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।