इजरायल आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि (पूरा नाम र विवरणसहित)

काठमाडौं ।प्यालेस्टायनीको आक्रमणमा परी इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको र १ जना बेपत्ता रहेका जनाउनु भयो।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी छन् ।

इजरायलमा पढ्न गएका विद्यार्थीहरु भएको जनाइएको छ ।आक्रमणमा परि केही घाइते भएको र केही बेपत्ता रहेको उल्लेख छ। आक्रमणको थप विवरण उपलब्ध हुने क्रम जारि रहेको राजदुत  रिजालले जानकारी दिनुभयो ।