एनआरएनए सचिवका प्रत्यासी पन्थको चुनावी अभियान तिब्र,मध्यपूर्वपछी कम्बोडिया हुँदै कोरीयामा

काठमाडौं। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी)को निर्वाचनको चटारो ह्वात्तै बढेको छ। उमेदवारहरु चुनावी अभियान लिएर विश्व दौडाहामा छन्।
सोहिअनुसार यसपटक सचिव पदका उमेदवार एनआरएनए अभियान्ता कृष्ण जीबी पन्थ पनि चुनावी अभियान तिब्र पारेर विश्व दौडाहा स्वरुप नै विभिन्न देशहरुमा पुगेका छन्।

११ औं महाधिवेशन तथा विश्व गैर आवासीय सम्मेलन एवं निर्वाचनको मिति १७ अक्टोबर देखि २० नजिकिदै गएपछि अभियानस्वरुप अमेरिकाबाट नै विश्व दौडाहामा निस्कीएका हुन्।

पन्थ यतिबेला एनआरएनए अभियानमा युरोपिय, मध्यपूर्व बहराइन, दुवई, साउदी, कुवेत हुँदै एनआरएनए एनसीसी मलेसिया संग भेटघाट तथा छलफल सकेर कम्बोडिया हुँदै दक्षिण कोरिया पुगेका छन्।

पन्थ कोरियामा पुग्दै गर्दा एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरुङसहितका पदाधीकारीहरुले एयरपोर्टमै भव्य स्वागत गरेका छन्। पन्थ चुनावी अभियान लिएर पुगेका देशहरुमा निकै सकारात्मक, उत्साहित माहोल बनेको बताएका छन्।

ति देशमा आयोजित कार्यक्रम, छलफल तथा अन्तरक्रियामा देखिएको माहोल मतदाताले गरेको प्रतिबद्धता र विश्वासले आँफु निर्विकल्प उमेदवार जस्तो बनेको पन्थको भनाई छ। एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष समेत भईसकेका पन्थले आगामी कार्यकालको लागि पाँच बुँदे एजेण्डा सहित सचिव पदमा उम्मेदवारी दिएका छन्।

सामाजिक सेवामा क्रियाशील पन्थ गैरआवासीय नेपालीहरुका लागि वंशज नागरिकताको निरन्तरता, दोहोरो कर खारेजीको व्यवस्था, पंजीकृत सदस्यले नेतृत्व चुन्ने व्यवस्था, संस्थागत एकता र आर्थिक पारदर्शिता जस्ता पाँच बुँदे एजेण्डा छन्।

तनहुँमा मध्यम परिवारमा जन्मिएका पन्थ लामो समयदेखी अमेरिकामा रहेर एनआरएनए अभियानमा सक्रिय व्यक्ति हुन्। यसअघी पनि एनआरएनएका विभिन्न तहमा बसेर कुशल नेतृत्व निर्वाह गरेका पन्थ एनआरएनए वृतमा विवादरहित र कुशल नेतृत्वकर्ताको छवी निर्माण गरेका कारण यसपटकको निर्वाचनमा पन्थलाई अन्य उमेदवारहरुको तुलनामा निकै सहज देखिन्छ।

त्यतिमात्रै नभै एनआरएनएका विभिन्न तहहरुमा रहँदा उनले विभिन्न नमुनायोग्य काम गरेका छन्। एनआरएनए अमेरिकाको उपाध्यक्ष हुँदा संस्थाको भवन खरिदमा,बरिष्ठ उपाध्यक्ष हुँदा वान एनसिसी वान च्यारिटी अन्तर्गत संयोजक नै बनेर सल्यानको विकट गाउँमा करिब एक करोड लागतमा प्रसूति गृहको निर्माण देखी अन्य थुप्रै पन्थको अनुकरिणय कार्यहरु पनि गैर आवासीय नेपालीहरुविचमा परिचित गराउने कार्य हुन्।