एनआरएनएद्धारा इजरायल आक्रमणको भत्सर्ना (विज्ञप्तिसहित)

TOPSHOT - Heavy smoke and fire rise from Al-Sharouk tower as it collapses after being hit by an Israeli air strike, in Gaza City on May 12, 2021. - An Israeli air strike destroyed a multi-storey building in Gaza City today, AFP reporters said, as the Jewish state continued its heavy bombardment of the Palestinian enclave. (Photo by QUSAY DAWUD / AFP) (Photo by QUSAY DAWUD/AFP via Getty Images)

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले इजरायलमा हमास समुहले शनिबार गरेको आतंकवादी आक्रमणको घोर भत्सर्ना गरेको छ । संघले एक विज्ञप्ति प्रकाशित गर्दै यस घडीमा इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गरेको उल्लेख गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ। साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।’

प्रेस वक्तव्य
इजरायलमा शनिबार बिहान (७ अक्टोबर २०२३) भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ घोर भत्सर्ना गर्दै यस विषम् घडीमा इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गर्दछ। गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ। साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

आक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्मार्फत हामीले जानकारी लिएका छौँ । हामीसँग सम्पर्कमा आएका सो केन्द्रका केही नेपालीका अनुसार त्यहाँ १७ जना नेपालीहरु रहेका मध्ये ९ जना घाइते भएका हुन् । अन्य ५ जनाको सकुशल उद्धार भएको छ । ३ जना भने सम्पर्क विहिन छन् ।

आक्रमण प्रभावित नेपालीहरुको विस्तृत विवरण लिने प्रयास जारी छौँ । गैरआवासीय नेपाली संघको इजरायलस्थित राष्ट्रिय समन्वय परिषद् आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको छ । नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको छ ।

यस गम्भीर स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपालीलाई सतर्क, सुरक्षित र संयमित रहन र त्यहाँस्थित सरकारी अधिकारीहरूको निर्देशन तथा सुरक्षा उपायहरू पालना गर्न अनुरोध गर्दछौँ । साथै नेपालस्थित समस्त अभिभावकहरुलाई पनि धैर्यता राख्न र संयमता अननाउन अनुरोध गर्दछौँ ।