एनआरएनए सचिव उमेदवार पोखरेललाई युरोपमा भव्य स्वागत,पाए पुर्ण समर्थनको बचनवद्धता

काठमाडौं। गैर आवसीय नेपाली संघ (एनआरएनए)को सचिव पदका उमेदवार राम सी पोखरेलले चुनावी अभियानस्वरुप सुरु गरेको युरोप भ्रमण सफल पारेका छन्।एनआरएनए अभियानमा विगत लामो समय देखी सक्रिय पोखरेलले आसन्न ११ औं विश्व सम्मेलन तथा महाधिबेशनमा हुने निर्वाचनका लागी सचिव पदमा उमेदवारी दिएसँगै चुनावी अभियान तिब्र पारेका छन्।

सोहि अनुरुप युरोप भ्रमणमा निस्कीएका पोखरेललाई युरोपका विभिन्न देशमा भव्य स्वागत र समर्थन गरिएको थियो। पोखरेलले युरोपका आधादर्जन बढी देशहरुमा भेटघाट अन्तरक्रिया सकेर फर्किएसँगै निकै उत्साहित माहोल र आँफुलाई समर्थन रहेको बताएका छन्।

युरोपका फ्रान्स, बेल्जियम, जर्मनी, डेनमार्क, स्पेन, पोर्चुगललगायतका देशको भ्रमण गरि एनआरएन अभियान्ता र गैर आवसीय नेपालीसंग अन्तरक्रिया गरेका थिए।भ्रमणमा पोखरेललाई सचिव पदमा भरपुर समर्थन रहने प्रतिबद्धता आएको छ ।

अभियानस्वरुप बेल्जियम पुगेका पोखरेललाई एनआरएनए एनसीसी वेल्जियमका अध्यक्ष सिता सापकोटाले भव्य रुपमा स्वागत गर्दै बेल्जियमका एनआरएन अभियन्ताबाट पुर्ण रुपमा सघाउने बचनबद्धता जाहेर गरेकी छन् ।वेल्जियमपछी डेनमार्क पुगेका पोखरेलले त्यहाँ पनि एनसीसीका विभिन्न व्यक्तिहरुसंग अन्तरक्रिया तथा भेटघाट र छलफल गरेका थिए। सो अबसरमा उनका एजेन्डा मन परेकोले निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन्।

यस्तै चुनावी अभियानमै स्पेनको बार्सीलोनामा भएको कार्यक्रममा पनि स्पेन एनसीसी अध्यक्ष पेशल कोइरालाले पुर्ण समर्थन रहने बचन दिएको पोखरेलले बताएका छन्। चुनावी अभियान स्वरुप नै पोर्चुगलमा भएको भेटघाट र छलफलमा सहभागी गैर आवासीय नेपालीहरुले पोर्चुगलमा नेपाली दुतावासको आवश्यकता जनाएपछी पोखरेलले दुतावासको लागी पहल गर्ने बचन दिएका छन्।

युरोप भ्रमण सकेपछी पोखरेलले भ्रमण निकै सफल बनेको र निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। उनले भने, “युरोपका अभियन्ताहरुबाट पाएको समर्थन र सहयोगको बचनले उत्साही छु, मेरो उम्मेदवारिलाइ उत्साहपुर्वक लिनुभएको पाएँ ।”

विगत १० बर्षदेखी एनआरएनए अभियानमा सक्रिय पोखरेल एनआरएनए अमेरिकाका पुर्वउपाध्यक्षसमेत हुन् । अर्घाखाँचीमा जन्मिएर सन् १९९७ मा अमेरिका पुगेका पोख्रेल अहिलेसम्म आाफ्नै व्यवसायसँगै गैर आवासिय नेपाली संघका विभिन्न तहमा रहेर एनआरएनए अभियानमा सक्रियता बढाईरहेका छन्। त्यसका साथसाथै अन्य सामाजिक क्रियाकलापमा समेत पोखरेल निकै सक्रिय मानिन्छन्।