काठमाडौँ। गैर आवासीय नेपाली संघ(एनआरएनए)को उपाध्यक्ष पदका उम्मेदवार राजु(राज)रेग्मीले एनआरएनएको संस्थागत गरिमा वढाउने र संमृद्ध नेपालको सपनालाई सार्थकतामा ल्याउने गरि काम गर्ने बताएका छन्। आसन्न संघको ११ औं महाधिवेशन तथा विश्व सम्मेलनमा हुने निर्वाचनका लागी कतारबाट केन्द्रिय उपाध्यक्ष पदमा उमेदवारी दिएका रेग्मीले आज एक अपिल जारी गर्दै यस्तो बताएका हुन्।
संस्थाको शुद्धीकरण र आर्थिक पारदर्शीतालाई प्रमुख एजेन्डाका रुपमा अघि सारेर उमेदवारी सार्वजनिक गरेका रेग्मीले आम गैर आवासीय नेपाली नागरिकहरुको सहयोगबाट आफ्ना प्रतिबद्धताअनुसारको मातृभूमिको समृद्धीको लागी सामूहिक लगानी,स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार,प्राविधिक शिक्षालय र अन्य योजना स्वास्थ्य,पर्यटन,परोपकार र संघको संस्थागत व्यवस्थापकीय विकास गरि छाड्ने दृढता व्यक्त गरेका छन्।
यस्तै उनले युवा, महीला तथा श्रममैत्री कार्यहरु अझ वैज्ञानीक र प्रविधियुक्त तवरबाट अगाडी बढाई नेपालमा स्वरोजगार व्यवस्थापन र विषेश गरी रिट्रनी माईग्रेशनहरुलाई नेपालमा नै रोजगार श्रृजनामा पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
रेग्मीले जारी गरेको अपिल जस्ताको तस्तैः
हार्दिक अपील ।
आदारणीय गैरआवासीय नेपाली दाजुभाई तथा दिदीवहीनी,
यहाँहरुको साथ र सहयोगको पूर्ण विश्वासका साथ आगामी अक्टोवर १७ देखि २० तारिखसम्म काठमाण्डौमा सम्पन्न हुन गईरहेको गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमा मैले संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागी मैले बनाएर हिडेंका कार्ययोजना र प्रतिवद्धतालाई सफल र परिणाममुखी बनाऊन यहाँहरु सवैको साथ र सहयोगको लागी हार्दिक अपील गर्दछु।
मलाई विश्वास छ। यहाँहरुको सहयोगबाट एनआरएनएको संस्थागत गरिमा वढाउने र संमृद्ध नेपालको सपना हाम्रै पालामा सार्थकतामा ल्याउने मेरो संकल्प साकार हुने छ। मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सिमित नराखेर यहाँहरुले दिएको अख्तियारीको फैसलाको दिनबाट नै कार्य सुभारम्भ गर्ने प्रण गर्दछु। एनआरएनएको सामीप्यतामा रहे देखि मैले नेपाली समूदायमा गरेको कार्यहरु र मेरो पदीय जिम्मेवारीमा रहँदाको समयमा मैले गरेका संस्थागत र मानवीय कार्यहरुको वारेमा मैले भन्नु भन्दा पनी यहाँहरुनै जानकार हुनुहुन्छ। तसर्थ यहाँहरुको प्ररेणा र सहयोगको विश्वासको निरन्तरताले अझै केही गरौं भन्ने उत्साह बढेर आएको छ।
मेरो प्रतिद्धताको सक्षेपिकरण स्वरुप मेरो प्रमुख योजनामा पर्ने मातृभूमिको समृद्धीको लागी सामूहिक लगानी, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार,प्राविधिक शिक्षालय र अन्य योजना स्वास्थ्य,पर्यटन, परोपकार र संघको संस्थागत व्यवस्थापकीय विकास नै हुने छन। वर्तमान समयमा हाम्रो प्राथमीकतामा रहेका युवा, महीला तथा श्रममैत्री कार्यहरु अझ वैज्ञानीक र प्रविधियुक्त तवरबाट अगाडी बढाई नेपालमा स्वरोजगार व्यवस्थापन र विषेश गरी रिट्रनी माईग्रेशनहरुलाई नेपालमा नै रोजगार श्रृजनामा विषेश पहल रहने छ। तसर्थ मेरो पवित्र सपनाहरुलाई साकार बनाउनको लागीे तपाईहरुको साथ, सहयोगको अपेक्षा र अमुल्य सुझावकोे लागी हार्दिक अनुरोध सहित।
स्नेही ।
राजु रेग्मी राज
वर्तमान यूवा उपाध्यक्ष एवं
गैर आवासीय नेपाली संघ, ११ औं महाधिवेशन २०२३
उपाध्यक्षका उम्मेदवार