‘गैर आवासीय नेपालीलाई स्वदेशमै लगानी र रोजगारीको ग्यारेन्टी गर्छु’: आरके शर्मा,अध्यक्ष उमेदवार एनआरएनए

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका उम्मेदवार राजेन्द्र कुमार(आरके)शर्माले कुनै पनि नेपालीलाई देश छाड्ने रहर नहुने बताएका छन् । चुनावी अभियान स्वरुप माल्टाको एमसिदामा पुगेका शर्माले त्यहाँ आयोजित एक अन्तरक्रिया तथा छÞलफल कार्यक्रममा बोल्दै विदेशीएका नेपालीहरुले समृद्ध नेपाल देख्न चाहेको बताए। त्यसका लागी एनआरएनए नेतृत्वबाट आँफुले विदेशिएका नेपालीलाई स्वदेशमै लगानि गर्ने र स्वदेशमा रहेका नेपालीलाई विदेशिन नपर्ने गरि काम गर्ने योजना लिएको बताए ।

शर्माले सामुहिक लगानी र प्राधिकरण बनाएर देश विकासमा सहयोग गर्ने योजना कार्यान्वयन गर्ने बताए । शर्माले भने, ‘अब आर्थिक क्रान्ति गर्न जरुरी छ, पठाएको रेमिट्यान्स, राष्ट्रिय गौरवका योजनाहरु बनाउन तालमेल गर्न ढिलो भएको छ, हामी लाग्यौँ भने वर्षको १३ खर्ब रेमिट्यान्स पठाउँदै गर्दा १० वर्षमा हामीले १० प्रतिशत सामुहिक लगानी गरेमा पनि १३ खर्ब पुँजी सृजना हुन् सक्छ, त्यसमा हजारौ रोजगारी सृजना हुन्छ ।’

एनआरएनएका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले यसपटक सच्चा भिजनमा हिडेकाले नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरेका छन । एनआरएनएलाई सहि दिशा र गति दिनको लागि सहि भिजन बोकेर हिंडेको भन्दै यसपाली आफुलाई नेतृत्वमा प्रतिनिधिले चुन्नेमा ढुक्क भएको बताएका हुन ।

‘पैसा, प्रभावले चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ’, उनले भने, ‘एनआरएनए पवित्र संस्था हो, संस्थालाई विवाद होइन एकताबद्ध बनाउन सच्चा भिजन लिएर चुनावी मैदानमा आएको छु, चुन्नु होला भन्ने अनुरोध छ ।’

शर्माले नेपालीको संख्या धेरै भएका देशमा ६ महिनाभित्रै नेपाली दूताबास स्थापना गर्न सक्दो सहयोग गर्ने बताए । पोर्तुगल, माल्टा लगायतकादेशमा ६ महिनासम्म नेपाली दूताबास खोल्न आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए।