काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को मध्यपुर्व उपसंयोजकमा बतारबाट पुर्णबहादुर पोखरियाले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अभियानमा सुरुवाति चरणबाटै सक्रिय पोखरियाले आसन्न ११ औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वमा मध्यपुर्व उपसंयोजक पदमा रहेर काम गर्ने इच्छा व्यक्त गरेका हुन्।
सन २००५ मा कतार प्रवेश गरेसँगै निरन्तर नेपाल र नेपालीहरुको हितमा सक्रिय पोखरियाले मध्यपुर्वमा हुने हरेक सामाजिक अभियानहरुमा आफ्नो सहभागिता रहेको र भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।
उनले भनेका छन्, ‘एनआरएनएको राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिहरुमा बसेर काम गरेको अनुभवहरुलाई मध्यपुर्वको हकहितमा म हैन हामी बनेर समर्पित गर्न चाहन्छु ।मध्यपुर्वको सबै देशहरुलाई समान आँखाहरुले प्रेम र सद्धभाव गर्नेछु। हामी बसेको देश रेमिट्यान्सको मुहान हो,श्रमिकहरुको देश हो।श्रमिक र श्रमलाई प्रेमिल आँखाहरुले सम्मान गर्ने हैसियतमा पु¥याउने छौं। हामी सामूहिक योजना र कार्यमा विश्वास राख्नेछौँ।’
पोखरियाले थपे,‘मेरो उम्मेदवारीलाई मध्यपूर्वमा रहेका सबै नेपालीहरुलाई समर्थन गर्न पोखरियाले अनुरोध गरे। मध्यपुर्वका नेपालीहरुको आवाज, समस्या र प्रगति हाम्रो हुनेछन। आफु सम्पुर्ण रुपले मध्यपुर्वमा रहेका नेपालीहरुको सहयात्री भएर यात्रा गर्नेछु।’
आफ्नो उमेदवारी र यात्रालाई सफल बनाउनको लागि मध्यपुर्वका नेपालीहरुको अमूल्य मत र सहयोगको अपेक्षा राख्दै पोखरियाले मध्यपूर्वका नेपालीहरुका जितका निम्ती पनि आँफुलाई विजयी गराउन अनुरोध गरेका छन्।