एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी घोषणा गरेकी छन्। एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

गुरुङले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान,सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने उदेश्यले उमेदवारी दिएको बताइन्।

आगामी ११औं अन्तर्राष्ट्रिय महाधिवेशनमा आफ्नो उमेदवारीमा सहयोग गर्न गुरुङले अपिल गरेकी छन्।तमुधिं जापानकी पूर्वअध्यक्ष गुरुङ परिचित अनुहार हुन्। एसिया प्यासिफिक महिला संयोजक पदमा आफूले शुभेच्छुकहरुको आग्रहका कारण उम्मेदवारी दिएको बताएकि छन्।

लामो समयदेखि जापानलाई कर्मभूमि बनाउँदै आएकी अनिता समाजसेवामा सधैँ अग्रपंक्तिमा छन्।जापानमा मात्र होइन, उनले नेपालमा समेत आपतबिपत परेको बेला राहतका कार्यक्रमहरु संचालन गर्दै आएकी छन्।

यस्ता छन् उनका एजेन्डाः
१ संस्थाको शुद्धिकरण र भावनात्मक एकताः एनआरएनएमा महिला सहभागिता
२ परदेशी भूमिमा रहेका नेपाली महिलाहरुको समृद्धि र सचेतनाको उजागर गर्ने।
३ परदेशी भूमिमा हुर्किदै गरेका बालबालिकाहरुलाई नेपाली भाषा, कला संस्कृति र भेषभूषा सिकाउने।
४ नेपाली महिलाहरुले परदेशमा सिकेका ज्ञानसीप घरदेशमा रहेका महिला दिदिबहिनीहरुबीच समन्वय गरि जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने। महिलाहरुको समस्या पहिचान र समाधान गर्न महिला नेतृत्वलाई अगाडि बढाउने ।
५ विदेशमा बस्ने नेपालीहरुलाई एनआरएनए सुखदुखको अभिभावकीय संस्था हो भन्ने अनुभूति गराउने, जुनसुकै कारणले विदेशीएका नेपालीहरुका लागि “एनआरएनए मेरो भरपर्दो साथी” भन्ने अवधारणा ल्याउने ।