काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)को उपाध्यक्ष पदका उम्मेदवार गणेश केसी यतिबेला चुनावी अभियानका लागी विश्व दौडाहामा छन्। चुनावी अभियानस्वरुप मंगलबार हङकङ पुगेका केसिले त्यहाँस्थित सरोकारवालासँग भेटघाट तथा छलफल गरेका छन्। हङकङमा गरेको भेटघाटपछी केसिले सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेका छन्।
उनले लेखेका छन्, ‘एनआरएनएको चुनावी अभियानलाई अगाडी बढाउने क्रममा हङकङमा हाल आइसिसी महिला सचिव टिका गुरुङ, अध्यक्ष गोकर्ण ढकाल,एनआरएनएका सँस्थापक प्रकाश पुनसहित आदरणीय कुल प्रसादगुरूडकार्यसमिति प्रति यहाँहरूको अर्थपूर्ण उपस्थिति तथा अमूल्य समयको लागि सम्पूर्ण सहभागीहरूमा हृदय देखी आभार, नमन अनि धन्यवाद।
यहाँहरू ले देखाउनु भएको सद्भाव, न्यानो आतिथ्य, र एनआरएनए प्रतिको चासो, जिज्ञासा र रचनात्मक छलफलले मेरो अभियानलाई थप ऊर्जा मिलेको छ। मेरो निरन्तरको यात्रा र अभियानमा आउँदा दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दै, यहाँहरूका सुझाव, सल्लाह र चासोप्रति सदा सचेत रहने छु भन्ने पुर्न विश्वास दिलाउन चाहन्छु।’
केसीलाई एनसिसी हङकङका पूर्व अध्यक्ष तथा हाल आइसिसी महिला सचिव टिका गुरुङ, अध्यक्ष गोकर्ण ढकाल,एनआरएनएका सँस्थापक प्रकाश पुनसहित कार्यसमितिबाट स्वागत गरिएको थियो। हङकङपछी केसीले ४ र ५ तारिखमा कोरिया,८ तारिखमा नेदरल्याण्ड्स,९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय गरेका छन्।
एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष तथा वर्तमान आइसिसी उपमहासचिव केसी सन् २००५ देखि एनआरएनए अभियानमा सक्रिय छन्।