काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा अष्ट्रेलियाबाट उम्मेद्वारी दिने तयारी गरेका गणेश केसी आफ्नो पक्षमा समर्थन जुटाउन विभिन्न देशको भ्रमणमा निस्किएका छन् ।
चुनावी अभियानका क्रममा केसीको पहिलो भ्रमण हङकङबाट सुरु भएको छ । अक्टोबर ३ तारिख उनी हङकङ पुगेका थिए । एनआरएनए हङकङका प्रतिनिधिहरुसँग उनको भेटघाट तथा छलफल भएको छ ।
केसीलाई एनआरएनए एनसिसी हङकङका पूर्व अध्यक्ष तथा हाल आइसिसी महिला सचिव टिका गुरुङ र एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल लगायतका व्यक्तिहरुले स्वागत गरेका थिए ।
हङकङमा भएको भेटघाटमा के.सी.ले आफ्ना मुख्य एजेण्डाहरु सबै माझ राखेका छन् । उनको मुख्य जोड प्राविधिक र व्यावसायिक शिक्षालाई प्रबद्र्धन गर्दै अगाडि बढाउने रहेको छ । प्राविधिक शिक्षालाई ध्यान दिंदै युवा युवतीलाई रोजगारीमा जोड्ने र व्यावसायिक शिक्षालाई नेपालको सात वटै प्रदेशमा सञ्चालन गर्ने उनको एजेण्डा छ । उनले आफूलाई मतदान गरी उपाध्यक्ष पदमा जिताउन सबैसँग अपिल गरेका छन् ।
केसी अक्टोबर ४ र ५ तारिख दक्षिण कोरियामा हुनेछन् । सो अवसरमा दक्षिण कोरियाका गैरआवासीय नेपालीहरुसँग उनको भेटघाट गर्ने कार्यक्रम रहेको छ । दक्षिण कोरियामा भेटघाट सकेर अक्टोबर ६ र ७ तारिख उनी बेलायत (युके) जाँदैछन् ।
त्यस्तै, अक्टोबर ८ तारिखमा उनी नेदरल्याण्ड, अक्टोबर ९ तारिखमा बेल्जियम, अक्टोबर १० तारिखमा डेनमार्क, अक्टोबर ११ तारिखमा पोर्चुगल र अक्टोबर १२ तारिखमा उनको दुबई जाने कार्यक्रम रहेको छ । एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल संघको आइसिसीका उपमहासचिव समेत रहेका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय छन् ।