एनआरएनए सचिवमा डा. रेग्मीले गरे उमेदवारी घोषणा

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागी सचिव पदमा डा.ज्ञानेन्द्र गिरीले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अभियानमा लामो समयदेखी सक्रिय रेग्मीले आगामी कार्यकालमा सचिव पदमा रहेर काम गर्ने इच्छा जाहेर गर्दै उमेदवारी घोषणा गरेका हुन्।

उमेदवारी घोषणासँगै उनले आफ्नो ९ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन्। लामो समयदेखी अस्ट्रेलिया कर्मथलो भएका उनले आफूहरुले खोजेको नेपाली नागरिकताको निरन्तरता भएको भन्दै यसको लागि नेपाल सरकारसँग निरन्तर लबिङ गर्ने प्रतिबद्धता जनाएका छन्।

साथै हाल नेपाल सरकारले दिने एनआरएन नागरिकतालाई उपलब्धिको रुपमा लिँदै नागरिकता चाडो भन्दा चाडो सहज तरिकाले बितरण गर्न नेपाल सरकारसँग परामर्श गर्ने प्रतिबद्धता जनाएका छन्।

तीन पुस्तामा सीमित यो नागरिकताले गैरआवशीय नेपालीको भावनालाई नेपालसँग जोडाउने भन्दा टुटाउने काम गर्ने भन्दै उनले ३ पुस्ते ब्यारियर हटाउन तत्कालै पहल गर्ने बताएका छन्। बिकल्पमा तत्काललाई सात पुस्तासम्म पुर्याउन आधार सहित कार्यपत्र पेश गरेर नेपाल सरकारसँग लबिङ गर्ने उनको भनाइ छ।

एनआरएनएरुलाई नेपालमा सामुहिक लगानी गर्न मनोबल बढाउन नेपाल सरकारसँग सहकार्य गर्दै बिभिन्न मोडलका योजना निर्माण गर्ने , ज्ञान शिपको आदान प्रदानका लागि कार्यक्रम बनाएर ब्यबसायी, बौद्दिक बर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने, एनसीसीहरुलाई सशक्त बनाउने, सचिबको रुपमा महासचिब र अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।