एनआरएनए उपाध्यक्षमा विजय मोक्तानको उम्मेदवारी घोषणा

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्ष पदमा बिजय मोक्तानले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएको आसन्न ११ औँ महाधिवेशनबाट हुने नयाँ नेतृत्व चयनमा उपाध्यक्ष पदमा मोक्तानले आफ्नो उमेदवारी घोषणा गरेका हुन्।

जर्मनी निवासी उनले सामुहिक एकबद्धता, संस्थागत विकास,पारदर्शिता, जवाफदेहीयता र समाबेशिताका साथमा एनआरएनएलाई सबै नेपालीहरुको साझा बनाउने प्रतिबद्धताका साथ आफ्नो उम्मेदवारी रहेको बताए।

गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्ष, आईसीसी सदस्यदेखि एनसीसी तथा आईसीसीको बिभिन्न कार्यदलहरुमा रहेर काम गरिसकेका उनले आगामी कार्यकालमा उपाध्यक्षमा जिताउन सबै डेलिगेट्स तथा अभियन्ताहरुसँग आग्रह गरेका छन्। एनआरएनए विश्व सम्मेलन आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ।